नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको पुस्टि
नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले आज साझ प्रेस बिज्ञप्ति मार्फत पुस्टि गरेको छ।
सिन्धुपाल्चोक निवासी २९ बर्षिय सुत्केरी महिलाको हिजो राति धुलिखेल टिचिंग हस्पिटलमा मृत्यु भएको थियो। स्वासप्रस्वासमा कठिनाई देखिएपछि शुक्रबार रति धुलिखेल हस्पिटल ल्याईएकि उनिमा धुलिखेल हस्पिटलमै गरिएको प्रारम्भिक कोरोना परीक्षण पोजिटिब आएपछि स्वाब संकलन गरि टेकु पठाइएको थियो।
यसअघि टिचिंग हस्पिटल काठमाडौँमा उनको २४ गते डेलिभरी भएको थियो र २५ गते नै डिसचार्ज भएको थियो।
यससंगै धनुषा निवासी २ जना पुरुषमा पनि कोरोना संक्रमंण पुस्टि भएसंगै कोरोना संक्रमणको संख्या २८१ पुगेको छ।

Comments
Post a Comment