Posts

Showing posts from July, 2021

बुद्धि बंगाराको बारेमा थाहा हुन पर्ने तथ्यहरु

Image
- डा बिनय सुबेदी   पिस डेन्टल केयर प्रा लि   बुद्धि बंगाराको बारेमा आम जनमानसमा धेरै नै भ्रम फैलिएको भेटिन्छ।  बिना कुनै तर्क र तथ्य हामी यी कुराको पछि लागिरहेको हुन्छौ र अनावश्यक दुखाई सहि रहेका हुन्छौ।  करिब १७-२३ बर्षको उमेरमा मुखको सबैभन्दा कुनामा ४ ओटा सम्म बुद्धि बंगारा निस्किन सक्छ। हरेक कुनामा निस्किने तेस्रो बंगारा (3rd Molar) लाई किन बुद्धि बंगारा भनियो भन्ने कुनै ठोस कारण नभए पनि मान्छे अलि परिपक्क भएपछि मुखमा देखिने भएकाले हुनसक्छ।  बुद्धि बंगारा किन हड्डीमा अड्किने गर्छ? पहिलेका मान्छेहरुले धेरै काचो र नपकाएको खानेकुराहरु धेरै खाने गर्थे, फास्ट-फुडको सिस्टम थिएन। यी काचो र नपकाएको कुराहरु चपाउन धेरै बल लगाउनु पर्थ्यो। यसकारण, उनीहरुको मुखको हड्डीहरु पनि अलि बढी विकशित र ठुलो हुने गर्थ्यो। ठुलो हड्डीमा ३२ ओटा नै दाँत अटाउन प्रयाप्त ठाउँ पुग्थ्यो। तर, आजकल हामीले खानेकुराहरु पहिले नै मज्जाले पाकेका हुन्छन। मकै भट्टमास जस्ता खानेकुराहरु त्यति खाईदैन तसर्थ चपाउन त्यति धेरै बल लगाउनुपर्ने पनि हुदैन। यसकारण, हाम्रा मुखका हड्डीहरु बिस्त...