चिकित्सक विदामा भएको बेला क्वाकले दाँत निकालेपछि नवविवाहित युवतीको मृत्यु
बर्दिबासस्थित साझा कान्तिपुर डेन्टल क्लिनिकमा चिकित्सक नभएको बेलामा गएको शनिबार दुईवटा दाँत उखेलिएपछि सिकिस्त बनेकी धनुषाको मिथिला नगरपालिका ९ बेंगाडावर बस्ने अमिरी महतोकी १९ वर्षीया श्रीमती रानीकुमारी महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोहि दिन दिउँसो ३ बजे मृत्यु भएको छ।
रानीको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ।
डेन्टल क्लिनिकको बोर्डमा नाम उल्लेख भएको डाक्टर सो दिन उपस्थित हुनुहुन्थेन। वहाँका अनुसार शुक्रबार काम गरिसकेपस्चात शनिबारदेखी वहाँ विदामा आफ्नो घर जनकपुरमा हुनुहुन्छ। आफ्नो अनुपास्थितिमा अरु कसैले दाँत उखेल्ने जस्तो सम्वेदनशिल काम गरेकोमा वहाँले दु:ख पनि व्यक्त गर्नुभयो। वहाँले आफुले घटनाको बारेमा थाहा पाएपछी आफ्नो अनुपास्थितिको बारेमा नेपाल डेन्टल एसोसिएसनलाई जानकारी दिनुभएको बताउनुभयो।
डेन्टल क्लिनिकका सञ्चालक दिलीप महतो हुन्। ‘दाँत उखेलेर पठाएसम्म रानीको अवस्था समान्य थियो। पछि के कति कारणले मृत्यु भएको हो भन्ने कुरा हामीलाई थाहा छैन। पोस्टमार्टम रिपोर्टले यदि दाँत उखेलेकै कारण मृत्यु भएको पुष्टि हुन्छ भने हामी कारबाही भोग्न तयार छौं’ उनले भने।
मृत्युको कारण के हो भनी पोस्टमार्टम रिपोर्ट आएपछी थाहा हुनेछ। तर अरु धेरै सम्वेदनशिल प्रश्नहरु पनि यससङ्गै उब्जिएका छन्। दन्तचिकित्सकको अनुपास्थितीमा दाँत निकाल्ने को? के दन्तचिकित्सकको अनुपास्थितिमा अरु कोही अदक्ष व्यक्तिले दाँत निकाल्नु आँफैमा अपराध होइन? के नेपालको अरु ठाउँहरुमा झैँ दन्तचिकित्सकको नाम बोर्ड्मा लेखेर भित्र अरु कोही अदक्ष व्यक्तीले काम गर्ने कार्य त्यहाँ पनि भएको हो? के दाँतको उपचार एनएमसीमा दर्ता भएका दन्तचिकित्सकसङ्गै गराउनुपर्छ भन्ने जनचेतनाको अभाव पनि हो?

Comments
Post a Comment